fbpx




 

उदयपुर ,मंसिर १२ (एजेन्सी) – प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधि गर्नेको खोजी गर्ने क्रममा प्रहरीले हालसम्ममा सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको  कम्युनिष्ट पार्टीमा आबद्ध जिल्ला सदस्य विष्णु कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका छन् भने  माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राई पनि पक्राउ परेको प्रहरी उपरीक्षक भट्टले बताए ।

तपाईंको प्रतिकृयाहरू