fbpx




काठमाडौँ, भदौ ३० (एजेन्सी) –

चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा तामाङ विसं २०६८ मा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पु¥याएको थियो ।
ऋहिले सिन्धुपाल्चोकको तामाङ परिबारमा पाँच वर्षपछि खुशी फर्किएको छ । त्यसबेला रु ४५ हजार खर्च गरेर तामाङ कुवेत जानुभएको थियो । गएको एक वर्षसम्म फोन सम्पर्कमै रहेकी छोरीसँग एक्कासि पाँच वर्षअघिदेखि फोन सम्पर्क छुटेपछि तामाङ परिबार चिन्तित बनेकोे थियो । गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे गत भदौ २१ गते राससबाट समाचार सम्प्रेषण भएको थियो । समाचार प्रकाशन भएको हप्ता दिनपछि उहाँ नेपाल आइपुग्नुभएको छ ।
डोल्मा जेल परेको र तीन दिनअघि प्लेनमा राखेर नेपाल पठाइदिएको वारे उनले परिवारसँग खुलासा गरे । सिन्धुपाल्चोक, पाँचखर्कका कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले डोल्मालाई कुवेत पठाउन भूमिका खेलेका थिए । डोल्मा कुवेत जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । डोल्मा त्यतिबेला कक्षा ६ मा पढ्दै थिइन् । डोल्मा केबल प्रतिनीधी पात्रका रुपमा बाहिर आइन् । यसरी सिन्धुपाल्चोक लगायतका गाउँहरुमा नागरिकतामा उमेर बढाएर बिदेश पठाउने चलन बिकाराल छ ।

तपाईंको प्रतिकृयाहरू