fbpx




खजुरा, बाँके,  मंसिर  (एजेन्सी) – दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ । खजुरा, बाँके,  मंसिर  (एजेन्सी) – दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए
उनका अनुसार पाँच जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ, भने अन्यको उपचार भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो । तुलसी बोर्डिङ स्कुल नजिकै भएको बम विस्फोटमा एक म्यादी प्रहरीसहित आठ जना घाइते भएका छन् ।

तपाईंको प्रतिकृयाहरू