fbpx




कलैया, मंसिर १४ (नेपालनीति)– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार फर्मुल्लाह मंसुरको चुनावी अभियान तीब्र गतिमा चलिरहेको छ ।

यसैबीच बुधबार कलैया उपमहानगरपालिका २६ र २७ को सिस्वा महेशपुरमा चुनावी सभामा मंसुरको चुनावी अभियानलाई समर्थन गर्दै नेकपा एमाले र संघीय समाजवादी फोरम नेपाल परित्याग गरी ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल सरकारका श्रममन्त्रीसमेत रहेका मंसुरले नव प्रवेशीहरूलाई अबिर रर माला लगाएर स्वागत गरेका थिए । उनले बारा क्षेत्र नम्बर ३ को समग्र विकासका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताउँदै पार्टीमा प्रवेश गरेका नवप्रवेशीलाई स्वागत गरेका थिए ।सादगी नेताका रुपमा परिचित मंसुर बारा क्षेत्र नम्बर ३ मा अत्यन्तै मजबुत अवस्थामा रहेको बताइएको छ ।  त्यसैगरी जितपुर सिमरा उपमहानगरपालि–१७ को जैतापुरमा पनि माओवादी केन्द्र, नेकपा एमाले लगायत पार्टी परित्याग गरी एक सय ५० जना भन्दा बढी कांग्रेस प्रवेश गरेका छन् ।

सिस्वामहेशपुरमा नेकपा एमालेका सक्रिय सदस्य रामनिवास प्रसाद यादव, रामचन्द्र मंडल, संघीय समाजवादी फोरम नेपालका नागा प्रसाद यादव, भोला प्रसाद यादव, वडा नं. २६ वडा अध्यक्षका प्रत्याशि उम्मेदवार बिनोद ठाकुर, समाजसेवी लालबाबु कुशवाहा, दिनेश यादव सहित ६० जना प्रवेश गरेका थिए । जितपुर सिमरा उपमहानगरपालिकाको १७ जैतापुरमा नेकपा एमालेका भुषण कुमार थिङ्ग, माओवादी केन्द्रका राजु माझी, श्रीराम माझी, कुमार अधिकारी, राप्रपा परित्याग गरी विष्णु बस्नेत, अमृत थिङ्ग तामाङ्ग सहित एक सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

विकास गर्ने नेता चुन्ने दिन आएको श्रम मन्त्री मंसुरको भनाइ

श्रम तथा रोजगार मन्त्री एवम् बारा क्षेत्र नं. ३ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार फर्मुल्लाह मंसुरले अहिले मतदाताहरूलाई बलियो नेता चुन्ने दिन आएको बताएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका १७ को जैतापुर र कलैया उपमहानगरपालिकाको २७ को सिस्वा महेशपुरमा बुधबार बेलुकी आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रमा विकास गर्ने नेतालाई चुन्ने दिन आएको र उक्त अवसरको सदुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न मंसुरले आग्रह गरे । उनले आफू क्षेत्र नं. ४ बाट सांसद हुँदा सिमरामा अस्पतालमा शिलान्यास गरी निर्माण कार्य अगाडि बढाएको बताउँदै पथलैयाका स्थानीय बासिन्दाको खानेपानीको समस्यालाई हल गर्न डेढ करोडमा खानेपानी ट्यांकीको निमार्णसमेत गरेको बताए । उनले पथलैयाका सुकुम्बासीहरुलाई ईमान्दारिताका साथ लालपुर्जा दिलाएको पनि स्मरण गरे । त्यसैले बलियो र विकास गर्ने नेपाली कांग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी विजयी गराई आआफनो क्षेत्रको विकास गराउने दिन आएको उनले बताए । क्षेत्र नं. ३ बाट २०७० सालमा चुनाव लडेर विजयी भएपछि नेपाली जनताले दिएको जिम्मेवारी संविधान निमार्ण र विकास निमार्णका काम पनि आफूले गरेको मंसुरले बताए । संविधानमा हिमाल, पहाड, तराई–मधेशका मधेशी, मुस्लिम, दलित, महिला, आदिवासी, जनजाती, पिछडाएका हरेक समुदायको हक अधिकार सुनिश्चितता गर्ने काम गरेको, संविधान निमार्णको काम संगै क्षेत्र नं. ३ मा मठ–मन्दिर, सामुदायिक भवन निमार्ण, सडक ढलान, बाटो निमार्णको काम गरेको पनि मन्त्री मंसुरले बताए । त्यति मात्र होईन कि मानमत–कलैया–मटिअर्वा सडक खण्डको निमार्ण कार्यलाई भारतीय ठेकेदारले अलपत्रमा छाडेर भागेपछि सांसद हुँदा मन्त्रालयमा भनसुन गरी बजेट पारेर त्यसको सुरूवात गराएको र अहिले निमार्ण कार्य भइरहेको उनले बताए । भोलीको दिनमा पनि क्षेत्रको विकासको लागि संदमा आवाज उठाउने, विकासको लागि बजेट छुटयाउन सक्ने नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न श्रम मन्त्री मंसुरले स्थानीयहरुसँग आग्रह गरे । कार्यक्रममा क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादवले देशको भलो नेपाली कांग्रेसले मात्र चाहेको बताए ।

तपाईंको प्रतिकृयाहरू