fbpx




 

टोकियो, जापान, मंसिर १४ (नेपालनीति) – आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ ।

काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान नेपाल पठाइएको छ ।

करिब दुई साता चलेको संकलन अभियानमा ३२ जनाले रकम सहयोग गरेका हुन् । आचार्य रोजगारीका लागि दक्षिण कोरियाबाट काम गर्न नसक्ने भएर फर्किए अहिले उनी न्यूरो अस्पतालमा निरन्तर रुपमा उपचाररत रहेको उनकी श्रीमती सन्तोषी पौडेलले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू