fbpx




काठमाडौं, भदौ ३० (नेपालनीति) – नाकमा सामान्य समस्या आएपछि उपचारका लागि ओम अस्पतालमा पुगेकी गुल्मी मदाने गाउँपालिकाकी स्थायी बासिन्दा र हाल बुटवल निवासी ३७ बर्षीय कमला भट्टराईले भदौ २४ गते अस्पताल प्रशासनको लापरबाहीले ज्यान गुमाउन परेको छ । अस्पतालको लापरबाहीले भट्टराईको मृत्यु भएको भन्दै परिवारले विरोध जनाएपछि पीडित पक्ष र अस्पताल प्रशासनको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । बिहीबार राती वार्ता अगाडी बढाउँदै लैजाने शर्तमा मृतकका श्रीमानले शब बुझेका छन् । ओम अस्पतालमा यस्ता समस्या बारम्बर घटिरहेका छन् त्यसैले अस्पताल नै बन्द गरिनुपर्छ भन्ने माग पिडीत पक्षधरको रहेको छ । अस्पतालले भने ओपिडी सेवा बन्द गरेको छ ।

यसैबीच बिहीबार राती पीडित पक्षले शव बुझेपछि क्षतिपूर्ति बापत मृतकका श्रीमानले पैसा लिएर वार्ता टुङ्गिएको भन्ने हल्ला चलिरेहेको बेला शुक्रबार मृतकका श्रीमानले प्रेस बिज्ञप्ति जारी गर्दै आफूले क्षतिपूर्ति बापत एक रुपैयाँ पनि नलिएको र आफ्नो श्रीमतीलाई पैसासँग तुलना गर्न नसकिने बताएका छन् । साथै मृतकका श्रीमान वसन्त भट्टराईले अब श्रीमती एंव सर्वसाधरणको कानुनी हत्याका बिरुद्ध आन्दोलन अगाडी बढाईने समेत बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

हेनुहोस् मृतकका श्रीमान वसन्त भट्टराईले जारी गरेको विज्ञप्ति :

 

मृतकका श्रीमानले जारी गरेको विज्ञप्ति

 

 

तपाईंको प्रतिकृयाहरू