fbpx




काठमाडौं, मंसिर १५ (नेपालनीति)- धादिङको नौबिसेबाट प्रेसर कुकर र सकेट बमसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुई जना भारतीयको नाम भने सार्वजनिक गरिएको छ । भारतीय नागरिक भएको पुष्टि गर्दै प्रहरीले उनीहरुको साथबाट दुई लिटरको कुकरमा तार जोडेर तयार पारिएको बम र २ थान सकेट बम फेला परेको जनाएको छ । ‘कुकरभित्रबाट तारसमेत निकालेर तयारी अवस्थामा रहेको बमसहित पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘उनीहरुको साथबाट दुई थान सकेट बम पनि फेला परेको छ ।’ प्रहरी प्रवक्ता मनोज न्यौपानेले दुई जना भारतीय पक्राउ परेको बताउँदै आवश्यक अनुसन्धान भैरहेको जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू