fbpx




काठमाडौं, मंसिर १५ (एजेन्सी) –काठमाडौंको त्रिचन्द्र क्याम्पस क्षेत्रमा आज बिहान फेला परेको वस्तु बम नभएको पुष्टी भएको छ।
उक्त वस्तुलाई नेपाली सेना र प्रहरीले अनुसन्धान गरी डिस्पोज गर्दा बम नभएको पुष्टी भएको हो।
त्रिचन्द्र क्याम्पसको पछाडि पर्खालसँगैको भूईमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि जमल क्षेत्र आतंकित बनेको थियो।
अहिले त्यस क्षेत्रको अवस्था सामान्य भएको छ। काठमाडौं लगायत देशका विभिन्न भागमा बमको त्रासले जनजीवन आतंकित बनेको छ । शंकास्पद वस्तु देख्दै सर्वसाधारण डराउन थालेका छन् ।

तपाईंको प्रतिकृयाहरू