fbpx




काठमाडौं, मंसिर १५ (नेपालनीति)- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको निजी निवास नजिक शुक्रबार साँझ बम पड्किएको छ । करिब राति साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार विस्फोटबाट कुनै क्षति भएको छैन । 

तपाईंको प्रतिकृयाहरू