fbpx




कांठमाडौ, मंसिर १७, (नेपालनीति)- काठमाडौं क्षेत्र नं. ५ का  कांग्रेसका प्रतिनीधी सभा सदस्य उम्मेदवार डा .प्रकाश शरण महतले धापासी स्थित डाँफे बस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । उनले यस क्षेत्रको समस्यामा सदा लागिरहने प्रतिबदता जाहेर गरेका छन् । यस अघि  कांग्रेसका नेता नरहरि आचार्यले विजय हासिल गरेको यस क्षेत्रमा अहिले बाम उम्मेदबार ईश्वर पोख्रेल, डा. प्रकाश शरण महतको मुख्य प्रतिस्पर्धीको रुपमा रहेको छन् ।

उनले नेपाली कांग्रेसको नेतृत्व मै सबिधान बनेको र त्यही सबिधानको कार्यन्वयन कै निम्ती नेपाली कांग्रेसकै नेतृत्वमा चुनाव सम्पन्न हुन् गईरहेकोले अबको सम्र्बृदीको बाटोमा हिड्न स्थायी सरकारका निम्ती नेपालि कांग्रेस उम्मेदबारहरुलाई बिजयी गराउनु आबश्यकता दर्शाए ।

२०४६ देखि नेपालको सामाजिक आर्थिक बिकासका परिर्बतनका लागीे नेपाली कांग्रेसले अग्रणी भुमिका खेलेको र अरुले असम्भब भनिएका गाँउ गाँउमा सडक पुराउने कार्य पनि नेपाली कांग्रेस ले नै गरेर देखाएको तथा शिक्षा, स्वास्थय लगाायतका क्षेत्रमा पँहुच बढाएको, उड्ययन तथा पर्यटन् क्षेत्रमा बिकास गरेको  तर  नेपाली कांग्रेसको नेतृत्व मा केही नभएको भनी अरु पार्टीहरुले झुटो आरोप लगाउने गरेकोले त्यस्ता झुटलाई नपत्याउन् आग्रह गरे ।

सभालाइ सम्बोधन गर्दै डा. महतले भने मैले उर्जा मन्त्री हुँदा माथिल्लो तामाकोशीमा ३४ अरब स्वदेशमै लगानी जुटाएको र भारतसँग टान्समिसन लाईन सम्झौता गरि हालको लोडसेडिङ अन्त्य गर्न अहम गरेको कुरा ब्यक्त गरे । परराष्ट्र मन्त्री रहंदा चीनसंग ओवीओआर सम्झौता तथा भारत लगायत अन्य मुुलुकसँग देशको हितको लागी विभिन्न साझेधारी गरी सन्तुलित कुटनिती गरेको बताए ।

कांग्रेसभित्र पारदर्शिता र जवाफदेहिता विषयमा उठेको प्रश्नमा महतले भने काँगे्रसमा कमजोरीहरु छन्। हामी गल्ती स्वीकार्न तयार छौ र पाटीेले भ्रष्टाचारलाइ निर्मुल पार्न पनी लागि परेको छ । त्यसैगरी डाँफे वस्तीका अगुवा नेता राजेन्द्र अर्यालले डा. महतले पानी ट्याङकीमा पैसा लुकाउने जस्तो काम नगरेको भनि महतका प्रतिस्पर्धीलाई कटाक्ष गरे । महतले हरेक समुदाय महिला, युवा, प्रोढ, बृद्द बाबुआमाको सामाजिक सुरक्षाका निम्ती ढटेर काम गर्ने बताए ।

तपाईंको प्रतिकृयाहरू