fbpx




राजविराज, मंसिर १७ (एजेन्सी) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन ।

विभेद, असमानता, भेदभाव, उपेक्षालाई अन्त्य गर्न आर्थिक परिवर्तन मुलुकका लागि खाँचो रहेको भन्दै आधिकार, उन्नति, विकासबाट गरिबी, बेरोजगारी अभावग्रस्त जीवनबाट मुक्त पाउनका लागि अहिलेको निर्वाचनमा मधेशी जनताले मतदान गर्नुपर्ने बताए ।

तपाईंको प्रतिकृयाहरू