fbpx




काठमाडौं, मंसिर १८ (नेपालनीति)- चुनावी घरदैलोका क्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं २, चपलीस्थित महादेव कोलनीमा भएको बम विस्फोटमा परी घाइते भएका काठमाडौं निर्वाचन क्षेत्र नं ४ का कांग्रेस उम्मेदवार गगन थापा उपचार पछि शिक्षण अस्पतालबाट बाहिरिएका छन् ।

अस्पतालबाट बाहिरिदैं गर्दा छोटो प्रतिक्रिया दिंदै थापाले आफूमाथि ज्यने लिने उद्देश्यसहित आक्रमण भएको भन्दै यो आक्रमण लोकतन्त्र माथिको आक्रमण भएको बताएका छन् ।

कान र पिँठ्युमा चोट लागेका उम्मेद्वार थापा आफ्ना सहयोगीको साथमाअस्पतालबाट बाहिरिएका छन् । सोमबार बिहान ११:३० बजे अज्ञात व्यक्तिले गराएको बम विस्फोटमा परी उम्मेद्वार थापासहित अन्य १० जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको शिक्षण अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू