fbpx




नवलपरासी, मंसिर, १९ (नेपालनीति) – कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण तर्साउने ढंगले राखिएको उक्त बस्तु नेपाली सेनाको टोलीले बिहान ९ बजेतिर डिस्पोज गरेको हो ।

आज विहान ७ बजेको समयमा चोकमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको रजहर प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू