fbpx




 

दुनै, डोल्पा, मंसिर १९ (नेपालनीति) – डोल्पामा चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता भएका छन् ।

मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् ।

अन्दाजी ४५ वर्षका ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथीहरूसँग सम्पर्कविहीन भएका थिए ।

उनी मंसिर ११ गते बेलुकी फरक–फरक ठाउँमा बसेको र मंसिर १२ गते बिहान सम्पर्क गर्न खोज्दा अहिलेसम्म सम्पर्क नभएको उनीसँगै प्रचारमा गएका जगदुल्ला गाउँपालिका–५ का बिष्णुबहादुर बिकले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू