fbpx




नयाँदिल्ली, मंसिर १९ (नेपालनीति) – भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन । राहुलकी आमा सोनिया गान्धी भारतीय काँग्रेसकी वर्तमान अध्यक्ष हुन। उनले स्वास्थ्यको कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिन नसक्ने बताइएको छ ।

त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । राहुल गान्धी गत पाँच वर्षयता पार्टीको उपाध्यक्ष हुन। पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम समयावधि सोमबारै साँझसम्म यदि कसैले उम्मेदवारी दिएनन् भने राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनु भएकी सोनिया गान्धीले आफ्नो छोरालाई सो पदको बागडोर दिन लागेको बताइन्छ ।

तपाईंको प्रतिकृयाहरू