fbpx




पोखरा, मंसिर १९ (नेपालनीति) – निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण शुरु गरेका छन् ।

परिचय वितरण बुधबार पनि जारी रहनेछ । कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षा बारेमा पनि मतदातालाई जानकारी गराएका छन् । कर्मचारीले बिहीबार हुने मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अपाङ्गतायुक्त, अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्था समेत गर्नेछन् ।

तपाईंको प्रतिकृयाहरू