fbpx




जी गुरुङ

भदौ ३१,  नेपालनीति, काठमाडौं
गत सातादेखि प्रदर्शनमा आएको यस वर्षकै सर्वाधिक प्रतिक्षारत चलचित्र ‘दुई रुपैयाँ’ ले एक सातासम्म राजधानीसहित अन्य चलचित्र घरमा राम्रो व्यापार गरिरहेको छ ।
असिम शाहको निर्देशनमा बनेको चलिचित्र ब्ल्याक हर्स पिक्चर्स तथा जी २१ को संयुक्त ब्यानरमा बनाइएको हो । फिल्ममा आसिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्कालगायतका कलाकारको भूमिका रहेको छ ।
चलचित्रको शिर्षक जस्तै चलचित्रले अन्तिमसम्म पनि दर्शकको दिमाग घुमाउन सफल भइरहन्छ । हाँस्य विधा र माया प्रेमलाई मिश्रण गरिएको चलचित्रको कुटुमा कुटु बोलको गितले नेपालमा युट्युबमो सबैभन्दा धेरै हेरिएको गित बन्न सफल भएको छ । यस गितबाट नायिका स्वस्तिमा खड्काले राम्रै चर्चा कमाएकी छिन् ।
चलचित्र अवधिभर दर्शकले चलचित्रलाई मनोरञ्जनका रुपमा लिन सक्छन् । फिल्म पट्यार लाग्दो नभएपनि निश्चल बस्नेत र आसिफ शाहजस्ता कलाकार भएको चलचित्र सोचेजस्तो भने पक्कै बनेको छैन । फिल्म पैसा असुल छ, अर्थात् हेर्ने बेलासम्म समय गएको पत्तो हुँदैन ।

तपाईंको प्रतिकृयाहरू