fbpx




मंसिर २० (नेपालनीति) – जनकपुरमा राजपा नेपाल र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८ स्थित देबीचोकमा भेटिएपछि झडप भएको हो ।

कांग्रेसका कार्यकर्ताले मौनअवधिमा राजेन्द्र महतो पैसा बाँड्न हिडेको आरोप लगाउँदै अवरोध गरेपछि झडप भएको हो ।

तर, राजपाले भने कार्यकर्ता भेट्न र खाना खानका लागि निस्केको बेला कांग्रेस कार्यकर्ताबाट गुण्डागर्दी शैलीमा आक्रामण भएको आरोप लगाएको छ ।

तपाईंको प्रतिकृयाहरू