fbpx




काठमाडौँ (नेपालनीति) – एशियन इन्स्टीट्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेर्स (एआईडीआईए) र बङ्गलादेशी दूतावासले “नेपाल – भारत – बङ्गलादेश त्रिदेशीय सहकार्यका सम्भावना र चुनौतिहरू” बिषयमा गोलमेच बैठकको आयोजना गरेको छ।

कार्यक्रमको प्रमुख उद्देश्य नेपाल-भारत-बङ्लादेश बीच आर्थिक सहयोगको संभावना र चुनौति बारे छलफल गर्नु थियो । उक्त कार्यक्रममा सबै सम्बन्धित निकाय तथा सरकारलाई नीतिगत पारस्परिक समावेशी आर्थिक लाभको बिषयका मुद्दामा बहस गरियो ।
कार्यक्रममा बङ्गलादेशी प्रधानमन्त्रीकी अन्तराष्ट्रिय विभाग सल्लाहकार डा. गौवर रिज्वीले प्रमुख मन्तव्य दिए। डा. रिज्वीले सदस्य राष्ट्रहरूले ‘आपसी निकटता’ बारे क्षेत्रीय सहयोगको लागि पहिलो कदमको रूपमा आर्थिक कार्यमा जोड दिनु पर्ने जनाए । उनले यस क्षेत्रको एक प्रमुख आर्थिक शक्तीको रूपमा भारतको महत्वपूर्ण भूमिका हुने बताए।
एसियाका प्रमुख समस्याको रूपमा गरीबी र पानीको कमीबारे उल्लेख गर्दै उनले भने “उप-क्षेत्रीय सहयोगमा ऊर्जा उत्पादन यस क्षेत्रको समावेशी विकासको प्रमुख एजेन्डा हुनुपर्छ। भौगोलिक निकटताको अधिकतम लाभ लिनको लागि यातायात हाम्रो कार्यको केन्द्रीय भाग हो। राजनीतिक पहलमा सुधारको साथै पूर्वाधारको वृद्धि गर्न ध्यान दिनु पर्छ र नेपाललाई बन्दरगाह सुविधाको उपयोगको लागि सहयोग गर्न तयार छौ।”
नेपालको तर्फबाट वाणिज्य सचिव चन्द्र कुमार घिमिरेले आर्थिक गतिविधिलाई बढावा दिन प्राथमिकत चासो दिए । सम्झौताहरु दस्तावेजमा सीमित मात्र नभई वास्तबमै लागु गरिनु पर्ने जनाए। यसबाहेक, पर्यटन प्रोत्साहन र जलवायु परिवर्तनको विषयमा आपसी सहयोगको महत्त्वबारे पनि जोड दिए।
समापन टिप्पणीमा एआईडीआईएका सीईओ सुनील केसीले प्रतिष्ठित वक्ताहरुलाई आभार व्यक्त गर्दै सम्बन्धित त्रिपक्षीय सहयोगको बढावाको लागी गंभीरतापूर्वक संलग्न भइ बहसको लागी आगामी दिनमा पनी योगदान गर्ने जनाए ।

तपाईंको प्रतिकृयाहरू