fbpx




काठमाडौँ (नेपालनीति) – दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आज भईरहेको छ। पहिलो चरणको निर्वाचन सकिएको ११ दिनपछि दोस्रो चरणको निर्वाचन भएको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।

दोस्रो चरणमा आज ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ क्षेत्रमा मतदान हुँदैछ। ४५ जिल्लामा ७ हजार ७५२ मतदानस्थल तोकिएको छ।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ र प्रदेशसभा सदस्यतर्फ २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

गृह मन्त्रालयले निर्वाचन सरक्षाको सवै प्रक्रिया पूरा गरिसकेको बुधबार नै जनाएको थियो। एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी प्राप्त भएको छ ।

तपाईंको प्रतिकृयाहरू