fbpx




 

तुलसीपुर , मंसिर २१ (नेपालनीति)नेपाली काँग्रेसका नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले मावि तुलसीपुर सेन्टरवाट मतदान गरेका छन्।
निर्वाचन क्षेत्र नं। ३ ९१०का प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका श्रम राज्य मन्त्री चौधरी साढे सात बजेतिर मावि सेन्टरको ९ख० मतदान केन्द्रबाट मतदान गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित उक्त मतदान केन्द्रमा राज्य मन्त्री चौधरी बिहान साढे ७ बजेतिर मतदानका लागि पुगेर सर्वसाधारण मतदाताहरु सँगै लाइनमा बसेका थिए। तर, पछि निर्वाचन अधिकृत भुपबहादुर केसीले उनलाई मतदानका लागि सर्वसाधारणको लाइनबाट अगाडि आउन आग्रह गरेका थिए।
उनले मतदान सक्दा झन्डै ७ स् ४५ भइसकेको थियो । मतदान पछि सम्क्षिप्त प्रतिक्रिया दिँदै राज्य मन्त्री चौधरीले आजको दिन ऐतिहासिक दिन भएको भन्दै एकदिन सबैले राष्ट्रका लागि योगदान गर्न आग्रह गरेका थिए।
उत्साहका साथ मतदान हुने विश्वास व्यक्त गरेका उनले यो निर्वाचन पछि संविधान र संघीयताको व्यवहारिक रुपमा कार्यान्वयन सुरु हुने तथा देश सम्वृद्धिको मार्गमा अगाडि लम्किने बताए । उनले विचलित नभएर ढुक्कका साथ मतदान गर्न आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू