fbpx




धनुषा- मंसिर २१ (नेपालनीति) – स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

उनले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए। प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

अलग राज्य बनाउनुपर्ने माग राख्दै अभियान चलाएका राउत तराईका विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न थिए। उनले सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका मतदातालाई मतदान बहिष्कार गर्न भन्दै आएका थिए।

तपाईंको प्रतिकृयाहरू