fbpx




 

भक्तपुर, मंसिर २१ (नेपालनीति) – भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा शुरु भएको छ ।

भक्तपुरका ७८ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ । जिल्लामा कुल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेका छन् ।

सुरक्षाका लागि भक्तपुरमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदाताले उत्साहित भएर मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे मतदान गरेका छन् ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट १० बजे मतदान गरेका छन् । । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू