fbpx




बेइजिङ, २१ मङसिर – चिनियाँ राष्ट्रपति सी जिङ्पिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरे। उनले भने “तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नु पर्छ।”

बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युमन राइट्स फोरुम’ को उदघाटन सत्रमा दिएको शुभकामना सन्देशमा उनले सो आग्रह गरेका हुन । उक्त सन्देशमा उनले विशिष्ठ अवस्था र जनताको चाहना एवम् आवश्यकता अनुसार मानवअधिकारको संरक्षण र प्रवर्धन हुने बाताए ।

(रासस)

तपाईंको प्रतिकृयाहरू