fbpx




 

रुकुम, मंसिर २२(नेपालनीति) – रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भएकी छन् । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन् ।

जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी ुभएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहेकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता भएकी छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

तपाईंको प्रतिकृयाहरू