fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये तीन वटा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १, ५ र ६ को मतगणना सुरु भएको हो ।

बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

यसैगरी क्षेत्रनम्बर ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका डा. प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् ।

यसैगरी क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

तपाईंको प्रतिकृयाहरू