fbpx




घोराही, मंसिर २२ (नेपालनीति)– दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फका वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् ।

२९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ मत पाएका छन् ।

यस्तै यो क्षेत्रमा नयाँ शक्तिका गगन शाहले २०, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्यले १२ र नेकपा मालेका भोजबहादुर विकले ९१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । उनले १६९६ मत प्राप्त गरेका छन् भने कांग्रेसका कमलकिशोर घिमिरेले ९९३ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृयाहरू