fbpx




चैनपुर, मंसिर २२ (नेपालनीति)– प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङको मतगणना सकिएको छ ।
अन्तिम मतपरिणाम अनुसार वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार भैरव वहादुर सिंह विजयी भएका छन् । यद्यपी निर्वाचन कार्यालायले भने औपचारिक घोषणा गरेको छैन ।

उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते भएको निर्वाचनको मत गणना हिजो साँझबाट गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू