fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– खसेको मत भन्दा धेरै भेटिएको भन्दै नेपाली कांग्रेस काठमाडौं ५ ले निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेको छ ।
निर्वाचन अधिकृतको कार्यालय काठमाडौं ५ लाई सम्बोधन गरेर नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतका प्रतिनिधि उत्तम पाठकले लेखेको पत्रमा नारायणस्थान सत्तल क मा ५८१ मत खसेको र विष्णुपादुका मतदान केन्द्रमा ६०४ मत खसेकोमा उक्त मतदान केन्द्रहरुको मत गणना गर्दा सदर मत ११६६ र बदर मत ३१ देखिएकाले निर्वाचन आयोगको तथ्यांकमा खसेको मत ११८५ र मतपेटिका खोल्दा ११९७ मत भेटिएको हुँदा १२ मत बढी देखिएकाले त्यस सम्बन्धमा छानबिन गर्न र मतगणना कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू