fbpx




वेशींशहर, मंसिर २२(नेपालनीति)- लमजुङमा प्रतिनिधिसभामा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेद्वार देव गरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

उनले साँझ ९ बजेसम्मको मतगणना अनुसार १८ हजार सात सय ६३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका दिल बहादुर घर्तीले १४ हजार ६ सय ३५ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका एमाले उम्मेद्वार धनञ्जय दवाडीले ९ हजार ६९ मत र कांग्रेस उम्मेद्वार गर्ज बहादुर गुरूङले ६ हजार ३७ मत ल्याएका छन् । प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका एमाले उम्मेद्वार पृथ्वी सुब्बा गुरुङले ११ हजार १० र कांग्रेस उम्मेद्वार ८ हजार ८ सय ३७ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू