fbpx




काठमाडौं, मंसिर २३ (नेपालनीति)- सर्वाधिक चासोका साथ हेरिएको काठमाडों क्षेत्र नं १ प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।

मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले ५ हजार ३३५ मत ल्याए ।

विगतमा दुईपटक संविधानसभामा जितेका सिंहले ह्याटि्रक गरेका छन् ।

कांग्रेसले देशव्यापीरुपमा पराजय व्यहोरिरहेको अवस्थामा सिंहको जितले उनलाई पार्टीभित्र बलियो पोजिसनमा पुर्‍याउने अनुमान गर्न सकिन्छ ।

तपाईंको प्रतिकृयाहरू