fbpx




गोरखा, मंसिर २३ (नेपालनीति)– नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई जित नजिक पुगेका छन् ।

गोरखाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका भट्टराईले दिउँसो ३ बजेर ४५ मिनेटसम्ममा गणना भएको ५२ हजार ५ सय ६५ मतमा ४ हजार ९ सय मतले अग्रता लिइरहेका छन् ।

 

अब गोरखा २ मा करिब ७ हजार ५ सय मत मात्रै गणना गर्न बाँकी रहेको छ ।
पछिल्लो मत परिणामअनुसार भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन् भने उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृयाहरू