fbpx




मंसिर २३ ,  ( नेपाल नीति) — मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खोटाङ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका चर्चित नेता सुवास कुमार पोख्रेलले बाम गठवन्धनका उम्मेदवारसँग पराजित भएपछि निकै मार्मिक र मन छुने विज्ञप्ती जारी गरेका छन् ।

उनको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ —

“लोकतन्त्रको पाठशालामा हामी सबै सगै छौ । चुनाव हार र जितको लडाइँ हैन । यो त प्रतिस्पर्धा गर्ने जनताको मन्च हो ।
कांग्रेस हारेको छैन, प्रतिस्पर्धामा पछि परेको छ ।

पहिलो हुनेले सत्ता चलाउछ पछि पर्नेले जनता चलाउछ । पहिलो हुने जित्नेले सत्ता र भत्ता पाउछ,पछि पर्नेले फेरि जनतामा गएर ममता र आस्था जगाउछ । यस क्षणमा खोटाङबाट प्रथम हुने मेरा प्रिय प्रतिस्पर्धी राजन राई लगायत जनप्रतिनिधिहरु सबैलाइ म हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु । जितको उन्मातले आतंकको अपसस्कृती नजन्माओस, हारको मारले राजनीतिमा निरासा नछाओस ।यसमा हामी सचेत बनौ । यो त केबल प्राजातान्त्रिक प्रकृया मात्र हो । जसले जनमतको मापन गराउछ । यो मापन एक पटकको लागि हो, हामी हाम्रो पार्टी कांग्रेस यसैका लागि ६९ बर्ष देखि तपस्या गरि आएको छ । लोकतन्त्रको यो मझेरी लोकतन्त्र बिरोधीका लागि समेत प्रिय लाग्नु कांग्रेसजन लागि सबभन्दा खुशीको क्षण हो । हाम्रो लागि बिजय भन्नू पनि यहि हो । हाम्रालागि यो हजरौ मत मनहरुको योग हो। जनताको हामी प्रतिको यो मायालाई सल्योट र सम्मान गर्न चाहन्छु । फरक बिचार राख्ने यी मनहरु हामी खोटाङ निर्माणकालागि जोडन चाहन्छौ। जनतासग जिस्कने जनताको मनलाइ तोड्ने विरुद्ध यो खबरदारीको मनहरु हुन, म यस क्षणमा यी मनहरुलाई सम्झिन र अरुलाई सम्झाउन चाहन्छु ।
हाम्रो लागि प्रथमतः चुनाव हुनु नै विजय हुनु हो । ब्यक्तिले हारेर पनि ब्यवस्था जिताउने कांग्रेसि पुर्खौली इतिहासको म सजिब औजार बन्न चाहान्छु । ता कि यसले प्रजातान्त्रिक संस्कृतीको नयाँ युगको थालनीका लागि एक इटाको काम गर्न सकोस ।

मलाई र हाम्रो पार्टी नेपाली कांग्रेसलाई मतदान गर्नु हुने आदरणीय खोटाङवासि जनसमुदाय, नेतृत्वलबर्हृदयदेखि मुरि मुरि धन्यवाद व्यक्त गर्न चाहन्छु । निर्बाचन आयोग, सुरक्षा निकाय, कर्मचारी बर्ग,पत्रकार ,राजनितिक दल अनि अहोरात्र प्राणको बाजि राखेर महिनौ सम्म काम गर्ने नेता र कर्यकर्ता सबैले पुर्याएको सकारात्मक योगदानको म मुक्तकन्ठले प्रसम्शा गर्न चाहन्छु।

जयनेपाल ।”

तपाईंको प्रतिकृयाहरू