fbpx




पाल्पा, मंसिर २४ (नेपालनीति) – पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय विजयी भएका छन् ।

पाण्डेयले ३४ हजार ८९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिए ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा नेकपा (एमाले) का डा पुरन बज्राचार्य विजयी भएका छन् ।

बज्राचार्यले १८ हजार ४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव नेपालले चार हजार ५७२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्रका) तुलाराम घर्ती (वसन्त) विजयी भएका छन् ।

घर्तीले १६ हजार ४२२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम कार्कीले ११ हजार ४९६ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू