fbpx




प्यूठान, मंसिर २४ नेपाल नीति) — नेपाली कांग्रेसका तर्फबाट प्यूठान क्षेत्र न. १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख डा. गोविन्दराज पोख्रेल पराजय नजिक पुगेका छन् ।

हाल सम्मको मत गणनाको परिणाम हेर्दा बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले २१,३८६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोख्रेलले १६,५५७ मत प्राप्त गरेका छन् ।

डा. पोख्रेल नेपाली कांग्रेसबाट टिकट प्राप्त गरेपछि पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी बाट राजिनामा गरी चुनाव लड्न प्यूठान गएका थिए भने बाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेल कम्युनिष्ट नेता मोहनबिक्रम सिंहकी धर्मपत्नि हुन् ।

तपाईंको प्रतिकृयाहरू