fbpx




 

काठमाडौं, मंसिर २४ (नेपालनीति) – रौतहटको क्षेत्र नं। २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।

कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू