fbpx




दैलेख, मंसिर २४ (नेपाल नीति) – दैलेखका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नं. १ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७७३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २५३ मत प्राप्त गरे ।

यसैगरी क्षेत्र नं २ बाट राजबहादुर बुढाले २३ हजार ३२३ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरे ।

क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले १० हजार ३६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्व काँगे्रसका जिल्ला सभापति कृष्णकुमार विसीले आठ हजार ७६२ मत प्राप्त गरे ।

प्रदेशसभा (ख) मा एमालेका अम्मरबहादुर थापाले १२ हजार ५६७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगतजंग थापाले १० हजार ५८४ मत प्राप्त गरे ।

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका सुशील थापाले ११ हजार ८४ मत प्राप्त गरी विजयी भए । उनले काँग्रेसका मधुविक्रम खनाललाई दुई हजार ७८६ मतान्तरले पराजित गरे ।

तपाईंको प्रतिकृयाहरू