fbpx




प्रकाश अर्याल
३१ भदौ, काठमाडौं (नेपालनीति)

स्पेनिस महारथी बार्सिलोनाले गेटाफे माथि एकदमै कठिनाई पूर्ण जित निकालेको छ। खेल गेटाफेको होम ग्राउन्डमा नेपाली समय अनुसार शनिबार राति ८:४५ मा भएको थियो । बार्सिलोनाको कडा रक्षापङ्ती तोड्दै बर्गराको पासमा सिभासकीले गोल गर्दै गेटाफेलाई गोल दिलाउन सफल भएका हुन्। तर लगातारको बार्सिलोनाको दबदबालाई गेटाफेले हाल्फ टाईमसम्म बचाउन सकेपनि सर्जीरोब्रटोको पासमा डेनिस स्वारेजले खेलको ६१ औं मिनेटमा बार्सिलोनाबाट बराबरी गोल गरे।

 

मेस्सीले गेटाफेको डिफेन्सलाई भङ्ग पार्दै खेलको ८४ औं मिनेटमा यहीं सिजन चाइनिज सुपरलिग बाट किनीएका ब्राजिलियन डिफेन्सिभ मिडफिल्डर पाउल्न्हो लाई पास मिलाईदिई बार्सिलोना २-१ ले अगाडि हुन सफल भयो। बार्सिलोनाबाट पाउल्न्होको यो पहिलो गोल थियो। खेलमा बार्सिलोनाको लगातार दबदबाका कारण गेटाफे माथि बार्सिलोनाले २-१ को कठिनाईपूर्ण जित निकाल्न सफल भयो। खेलको २९ औं मिनेटमा सामान्य चोटका कारण फ्रान्सेली विङ्गर डेम्बेलेलाई परिबर्तन गरी कोच भल्भार्डेले डिउल्फिओ लाई ल्याएका थिए भने खेलको ४६ औं मिनेटमा कप्तान आन्द्रेस ईनिष्टाको ठाउँमा डेनिस स्वारेज आएका थिए।

तपाईंको प्रतिकृयाहरू