fbpx




चितवन, मंसिर २५ (नेपाल नीति) -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यका रुपमा चितवन क्षेत्र न ३ बाट विजयी भएका छन् ।

बाम गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डले ४८३६९ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका विक्रम पाण्डेले ३८९४२ मत प्राप्त गरेका छन् । प्रचण्डले विक्रम पाण्डे भन्दा ९६२७ मत बढि प्राप्त गरेर चुनाव जितेका छन् ।

जीत पछि प्रतिकुलताका माझ पनि चुनाव सम्पन्न गराएकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई धन्यवाद दिँदै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू