fbpx




काठमाडौं, मंसिर २५ नेपाल नीति): प्रतिनिधिसभा तर्फको समानुपातिक मत गणनाको अहिले सम्मको परिणाम हेर्दा नेकपा एमाले) पहिलो, नेपाली कांग्रेस दास्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

जम्मा ४ लाख ३० हजार मत सहित नेपाल कम्युनिष्ट पार्टी एमाले) पहिलो स्थानमा रहेको छ भने ४ लाख १३ हजार मत सहित नेपाली कांग्रेस दोस्रो स्थानमा परेको छ । यसै गरि एमाले र कांग्रेस भन्दा सरदर आधा मत २ लाख मत ) मात्र प्राप्त गरी माओवादी केन्द्र्र तेस्रो स्थानमा रहेको छ ।

यसैगरि चौथो स्थानमा राजपाले २५ हजार, पाचौ र छौठौँ स्थानमा क्रमसः रहेका राप्रपा र विवकेशील साझाले २१/२१ हजार मत प्राप्त गरेका छन । यस्तै सातौ र आठौ स्थानमा क्रमसः रहेका फोरम र नयाँ शक्तिले १७/१७ हजार तथा नवौँ स्थानमा परेको जनमोर्चाले ८ हजार मत प्राप्त गरेको छ भने अन्य दलले बाँकि २७ हजार मत प्राप्त गरेका छन् ।

समानुपातिक मतगणनाको दलगत स्थिती (सूचिसहित)

नेपाल कम्युनिष्ट पार्टी एमाले) : ४३०९१३
नेपाली कांग्रेस : ४१३९७०
माओवादी केन्द्र : २०००२१
राजपा : २५४८७
राप्रपा : २१२४९
विवेकशील साझा : २१२४३
संघिय समाजवादी फोरम, नेपाल : १७८८०
नयाँ शक्ति पार्टी : १७७७६
राष्ट्रिय जनमोर्चा : ८९८१
अन्य : २७३७७

तपाईंको प्रतिकृयाहरू