fbpx




तँनहु , मंसिर २५ (नेपालनीति)- तनहुँ २ ‘क’ को पुनः मतदानको माग गर्दै कांग्रेस उम्मेदवार प्रदिप पौडेलले निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् । खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि धाँधली भएको भन्दै हालसम्मको मतगणना बदर गरि पुनः मतदानको माग गर्दै उनले निवेदन दिएका हुन् ।
तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’प्रदेशसभा सदस्य पदको निर्वाचनमा मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका थिए । भने सोहि क्षेत्रको हंसबाहिनी बुथमा खसेको भन्दा ४२ मत बढी भेटिएको थियो।
नेपाल विद्यार्थी संघका पूर्व सभापति समेत रहेका पौडेल नेकपा माओवादी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासंग ५ मतले पराजित भएका थिए । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पौडलले १६ हजार ६४१ पाएका थिए । उनले नतिजा मा गढबडी भएको भन्दै लेखेका छन्, म अनवरत लोकतन्त्रका लागि सर्घष गरेको ब्यक्ति हुँ । पहिलो भोट ल्याउने प्रतिनिधि बन्ने लोक्तान्त्रिक पद्दतिको लागि सर्घष गरेको पार्टीको कार्यकर्ताको नाताले स्वाभाबिक परिणामलाई सहर्ष स्वीकार गरिन्छ तर अन्यायपुर्ण, धाँधली र फर्जी मतलाइ स्वीकार गर्न सकिन्न । जनमत बिपरितको परिणामलाई जबरजस्ती स्वीकार गर भन्नू अलोकतान्त्रिक मान्यता हा े। तनहुँ क्षेत्र नं २ अन्तर्गत १ नं प्रदेशको मतगणनाको अन्तिम ५ मतपेटिकाहरु (अमरज्योति आ.बि ग्यारसिंघ ३७६,ब्यास ५ जनजुक्त शाही मा. बि ञकझ केन्द्रमा ५४२ , म्याग्दे गा. पा जनजौकुमारी शाही आ.बि. ञकझ वार्ड नं ७ को ४८७, ब्यास ५ उदय मा.बि ठुलोटार ञखझ ३९६ , म्याग्दे गा.पा वार्ड नं ४ स्थित मीन मा. बि ञखझमा ५२७) भएका मतपत्रहरुको जम्मा संख्या २३२८ भएको मतदान केन्द्रको मुचुल्का र मतगणनाको सुरुवातको मुचुल्कामा प्रष्ट छ तर मतगणना हुँदै गर्दा ति ५ बाकसहरुको मतसंख्या २३७० देखियो । ४२ फर्जी मत थप गरि ३७ मतले जितेको उमेदवारलाई ५ मतले पराजित भनेर घोषणा गर्नु लोकतान्त्रिक मुल्य मान्यता माथिको चरम आक्रमण हो । प्रष्ट ४२ फर्जी मत देखिँदा पनि त्यसलाई बेवास्ता गरि जबर्ज्स्ति निर्वाचन परिणाम भनी घोषणा गर्नु अत्यन्त निरकृष्ट र अन्यायपुर्ण छ । “अन्याय सहनुहुन्न “ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक सबैसगँ परामर्श गरि अगाडि बढ्ने जानकारी गराँउदछु ।

तपाईंको प्रतिकृयाहरू