fbpx




काठमाडौं, मंसिर २६(नेपाल नीति)स : प्रतिनिधिसभा तर्फको समानुपातिक मत गणनाको अहिले सम्मको परिणाम हेर्दा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दास्रो, माओवादी केन्द्र तेस्रो, संघिय समाजवादी फोरम चौथो तथा विवेकशील साझा पाँचौ स्थानमा रहेका छन् ।

जम्मा ११ लाख ३६ हजार मत सहित नेपाल कम्युनिष्ट पार्टी एमाले) पहिलो स्थानमा रहेको छ भने १० लाख ५६ हजार मत सहित नेपाली कांग्रेस दोस्रो स्थानमा परेको छ । यसै गरि एमाले र कांग्रेस भन्दा सरदर आधा भन्दा पनि कम (जम्मा ४ लाख ६० हजार ) मत प्राप्त गरी माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

यसैगरि चौथो स्थानमा संघिय समाजवादी फोरम, नेपालले ८१ हजार, पाचौँ स्थानमा रहेको विवेकशील साझाले ६३ हजार मत प्राप्त गरेको छ ।

समानुपातिक मतगणनाको दलगत स्थिती (सूचिसहित)

नेपाल कम्युनिष्ट पार्टी एमाले) : ११३६१३८
नेपाली कांग्रेस : १०५६६०५
माओवादी केन्द्र : ४६०६१५
संघिय समाजवादी फोरम, नेपाल : ८१४७५
विवेकशील साझा : ६३७८८
राप्रपा : ५८९४१
राजपा : ५३१५८
नयाँ शक्ति पार्टी : ३५४७८
राष्ट्रिय जनमोर्चा : २६६०५
राप्रपा प्रजातान्त्रीक: २३६२६

तपाईंको प्रतिकृयाहरू