fbpx




 

बैतडी, मसिंर२६ (नेपालनीति)– बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ ।

यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा ९माओेवादी केन्द्र०ले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकोमा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८७३ मत प्राप्त गरेको छ । काँग्रेसले नौ हजार ६६९, माओवादी केन्द्रले छ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए ।

प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकोमा नौ हजार ९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं २ मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्राप्त गरेको छ । काँग्रेसले आठ हजार ५९३, माओवादी केन्द्रले चार हजार ५६१ र राप्रपाले तीन हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८४२ मत बदर भएका छन् ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीका प्रत्यक्षतर्फका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो । बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन भएको थियो ।

नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा जनतासमक्ष गरेका वाचा पूरा गर्ने बताएका छन् । प्रेस चौतारी नेपालले बैतडीको पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसद दामोदर भण्डारीले वाम गठबन्धनको सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेतीको काम अघि बढाउने बताए ।

बैतडीमा निर्माणाधीन जिल्ला अस्पतालको ५० श्ययाको अस्पतालको निर्माणलाई गति दिइने, सबै गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि पहल गरिने र सडक पहुँच विस्तार गरिने बताउँदै उनले भने, “समग्र बैतडी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नेछौ । ”

पत्रकार सम्मेलनमा प्रदेशसभा क्षेत्र नं ९क० का सदस्य प्रेमप्रकाश भट्टले क्षेत्र नं १ मा रहेका खानीको खोजी गरी सञ्चालनका लागि पहल गरिने बताए । यस्तै प्रदेशसभा क्षेत्र नं ९ख० का सदस्य लीलाधर भट्टले संघीयताको कार्यान्वयनको सिलसिलामा नीतिगत समस्या भएका ठाउँमा सुधार गरेर अघि बढ्ने बताए ।

तपाईंको प्रतिकृयाहरू