fbpx




काठमाडौँ, मंसिर २६ (नेपालनीति)– नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस जनादेशलाई सम्मान गर्दै लोकतन्त्रको संस्थागत विकासमा सशक्त प्रतिपक्ष भई रचनात्मक भूमिकामा रहने बताएका छन् ।

काठमाडौँमा आज आयोजित छलफल कार्यक्रममा पत्रकारले काँग्रेसको लज्जास्पद हार भयो होइन रु भन्ने प्रश्नको जवाफ दिँदै उनले – उस्तैउस्तै विचार र सिद्धान्त मिल्ने दुई शक्ति एउटै समूह बनेपछि काँग्रेस पछि परेको भएपनि समानुपातिक निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरेको मत हेर्दा काँग्रेस नहारेको स्पष्ट पारे।

उनले इतिहासमा मुलुकलाई अप्ठेरो पर्दा काँग्रेस हारेर पनि प्रजातन्त्र र लोकतन्त्रको विकासमा पुर्याएको योगदानलाई जनताले भुल्न नहुने बताए।

नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक नेता खाँणले पार्टी कार्यकर्तामा आधारित नभई सामूहिक नेतृत्वमा चलेको, अध्यक्षात्मक प्रणालीभन्दा बाहिर गएकोलगायतका कारण निर्वाचनमा पछि परेको जानकारी दिए।

नेता खाँणले नेपाली काँग्रेसका सभापतिले नेतृत्व हस्तान्तरण गर्ने, संसदीय दलको नेता कस्लाई बनाउने र विशेष अधिवेशनको बैठक बोलाउने वा नबोलाउने भन्ने अधिकार पार्टी सभापतिमा रहेको जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू