fbpx




काठमाडौ, मंसिर २७, (नेपालनीति)- अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन्।

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० सिट छ। सामान्य रूपमा ३ प्रतिशतमाथि मत पाएका सबै दलहरूको मतको योगफलमा १ सय १० सिटले भाग गर्दा आउने मत नै एक सिटको मत हुनेछ। कानुनअनुसार प्रत्यक्षतर्फबाट एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने छन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेका छन्। निर्वाचन कानुनले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि १।५ प्रतिशत मतको थ्रेसहोल्ड तोकेको छ।

समानुपातिकको सिट बाँडफाँड गर्दा थ्रेसहोल्डमा तोकिएभन्दा कम मतलाई जोडिने छैन, दलहरूले पाएको थ्रेसहोल्ड माथिको मतको योगफल निकाली प्राविधिकहरूको सहयोगमा सिट वितरण हुनेछ। अहिलेसम्मको गणनाले प्रत्यक्षतर्फ २।५ प्रतिशत हाराहारीमा मत बदर भएको देखिएको । समानुपातिकतर्फ बदर प्रतिशत केही बढ्न सक्ने । समानुपातिकतर्फ एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र हुनु, ८८ दलको चिह्न मतपत्रमा छापिनु, तर ४९ दलले मात्रै निर्वाचनमा भाग लिनुले मतपत्र लामो भएको छ। गठबन्धन गरेका दलहरूले समेत मतदातालाई राम्ररी बुझाउन नसक्दा समानुपातिकमा बदर बढी हुने अनुमान छ।

आयोगले मंसिर २९ गतेभित्र सबै जिल्लाबाट समानुपातिकको मत परिणाम आइसक्ने अपेक्षा राखेको छ।

मत परिणामअनुसार दलले पाउने सिट संख्या र त्यसको कलस्टर छुट्याएर दलहरूलाई जानकारी दिइने छ। दलले आयोगले तोकिदिएको कलस्टरअनुसार बन्दसूचीमा बुझाएको प्राथमिकता क्रमअनुसारको नाम बुझाउनुपर्ने हुन्छ।

प्रतिनिधिसभाको हकमा मुलुकभरको र प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशमा दलले पाएको कुल मत जोडेर सिट छुट्याइने
‘समानुपातिकतर्फ थ्रेसहोल्डसम्म मत नल्याउने दलले सिट पाउँदैनन्,’ उनले भने, अब समानुपातिकबाट मात्र सिट पाएर संसद्मा प्रतिनिधित्व गर्ने दल हुने छैनन्। थ्रेसहोल्ड पूरा गरेका वा त्योभन्दा माथि मत ल्याएका दलको मत स्क्रिनिङ गरी त्यसको मात्रै योगफल निकालिने छ र थ्रेसहोल्डमुनिको मतलाई गणनामा राखिने छैन।

तपाईंको प्रतिकृयाहरू