fbpx




दाङ, मंसिर २८ (नेपाल नीति): दाङ जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक मत गणनाको परिणाम हेर्दा नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दास्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय जनमोर्चा चौथो तथा विवेकशील साझा पार्टी पाँचौ स्थानमा रहेका छन् ।

कुल ३ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको दाङ जिल्लामा प्रत्यक्ष तर्फ ३ वटै प्रतिनिधिसभा तथा ६ मध्ये ५ वटा प्रदेशसभा क्षेत्रमा बाम गठबन्धनले जीत हाँसिल गरेको थियो भने कांग्रेस प्रदेशसभा ३ क मा मात्र विजयी भएको थियो । तर जिल्लाको समानुपातिक तर्फ चाँहि नेपाल कम्युनिष्ट पार्टी एमाले) तथा माओवादी केन्द्रलाई पछि पार्दै नेपाली कांग्रेसले प्रथम स्थान हाँसिल गरेको छ ।

प्रतिनिधिसभा को समानुपातिकमा ७३ हजार ९ सय ९३ मत तथा प्रदेशसभाको समानुपातिकमा ६९ हजार मत सहित नेपाली कांग्रेस प्रथम स्थानमा रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस भन्दा ९८२ तथा प्रदेश सभामा ३२९८ कम मत प्राप्त गरि नेपाल कम्युनिष्ट पार्टी एमाले) दोस्रो स्थानमा रहेको छ भने प्रतिनिधिसभामा ४३ हजार १९५ मत तथा प्रदेशसभामा ४४ हजार ८१७ मत सहित माओवादी केन्द्र तेस्रो स्थानमा परेको छ ।

यसैगरि जिल्लाको चौथो स्थानमा राष्ट्रिय जनमोर्चा तथा पाँचौ स्थानमा विवेकशील साझा पार्टी परेका छन् ।

समानुपातिक मतगणनाको दलगत स्थितीः प्रतिनिधिसभा
1. नेपाली कांग्रेस : ७३९९३
2. नेपाल कम्युनिष्ट पार्टी एमाले) : ७३०११
3. माओवादी केन्द्र : ४३१९५
4. राष्ट्रिय जनमोर्चा : ४६८९
5. विवेकशील साझा : ४५९१

समानुपातिक मतगणनाको दलगत स्थितीः प्रदेशसभा
1. नेपाली कांग्रेस ६९०६५
2. नेपाल कम्युनिष्ट पार्टी एमाले) स् ६५१६७
3. माओवादी केन्द्र स् ४४८१७
4. राष्ट्रिय जनमोर्चा ४६३५
5. विवेकशील साझा ३२४३

तपाईंको प्रतिकृयाहरू