fbpx




काठमाडौं, मंसिर २८ — त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी विवेक बाँनियाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द प्रयोग गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बिहिबार दिउसो कलेजबाटै पक्राउ गरिएको हो । प्रहरीले उनलाई पक्राउ गरेपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । आक्रोशित विद्यार्थीहरुको समुहले कलेजमा तालाबन्धि, तोडफोडका साथै सडक पनि जाम गरेको छ ।

बानियाँलार्इृ तत्काल रिहाइ गर्न माग गर्दै रिहाई नगरे शसक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । बानियाँ नेविसंघ निकट मानिन्छन् ।

तपाईंको प्रतिकृयाहरू