fbpx




काठमाडौं, मंसिर २९ नेपाल नीति) : चुनावलाई मध्यनजर गर्दै मंसिर १ गते देखि बन्द गरिएको सवारी अनुमतिपत्रको परिक्षा बिहिबारदेखि पुनः सूचारु भएको कुरा यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका कर्मचारी चुनावमा खटिनुपर्ने भएको कारण देखाउदै सवारी लाइेसेन्सको परिक्षा बन्द गरिएको थियो । बन्द रहेका सबै सेवाहरु बिहिबार देखि सुचारु गरिएको जानकारी विभागले गराएको छ ।

गएको मंसिर ३ गते देखि २९ गतेसम्म रिट्रयालको राजस्व भुक्तान गरेका सेवाग्राहिले आइतबार परीक्षा दिन सक्ने कुरा बताइएको छ । यस्तै बिहिबार र शुक्रबार अनलाईन फारम भरेका सेवाग्राहिले चाँहि आइतबार लिखित परीक्षा दिने सूचना जारी गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू