fbpx




काठमाडौं, असोज १
नेपाली कला क्षेत्रका प्रसिद्ध जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शत्रु गते नामक नयाँ नेपाली फिल्मको निर्माण घोषणा गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित फिल्म घोषणा कार्यक्रममा फिल्मका कलाकारसमेत रहेका हरिवंश आचार्यले देशको प्रतिकुल अवस्थाका कारण फिल्म बनाउन ढिला भएको बताए । १२ वर्ष अगाडि जे भो राम्रै भो नामक फिल्म बनाएपछि यो जोडीले अर्को फिल्म बनाएको थिएन ।
चलचित्र मह सञ्चारै उत्पादन प्रदीप भट्टराईको निर्देशन रहने बताइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा लगायतका कलाकार रहने निर्माण पक्षले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू