fbpx




काठमाडौं , पुस २ (नेपाल नीति): नेकपा एमालेका अध्यक्ष केपी ओलि र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार राजधानिमा संयुक्त पत्रकार सम्मलेन गरी नयाँ सरकार निर्माण सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन् ।

नयाँ सरकार निर्माणका विषयमा विवाद बढिरहेको समयमा समसामायिक राजनीतिक परिस्थितिका विषयमा धारणा सार्वजनिक गर्न आज दिउसो ३ बजे अन्नपूर्ण होटलमा पत्रकार सम्मलेन डाँकिएको कुरा केपी ओलिका प्रेस सल्लाहकारले जानकारी गराएका छन् ।

कांग्रेसको माग बमोजिम एकल संक्रमणकालिन निर्वाचन प्रणाली बाट राष्ट्रियसभा गठन गर्न सरकारले अध्यादेश जारी गरि राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाए पनि राष्ट्रपतिले यस विषयमा दलहरु माझ सहमति नभएको भन्दै उक्त विध्येक स्वीकृत गरेकि छैनन् । एमाले र माओवादीले बहुमतिय प्रक्रियाबाट राष्ट्रियसभा गठन हुनुपर्ने कुरामा अडान राखेका छन् ।

यस्तै सरकारले प्रदेश प्रमूख तोक्न लागेकोमा पनि बाम गठबन्धनले विरोध जनाएको छ । काम चलाउ सरकारले प्रदेश प्रमूख तोके तीनिहरुको हातबाट आफ्ना मुख्यमन्त्रिहरुले सपत ग्रहण नगर्ने कुरा बताई सकेको छ ।

तपाईंको प्रतिकृयाहरू